Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अर्थतन्त्र सुदृढीकरणमा समग्र ध्यान केन्द्रित गर्नुपर्ने देखिन्छ : रामचन्द्र पौडेल


    शुक्रबार, जेष्ठ ५ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको ध्यान अर्थतन्त्रमा केन्द्रित हुनुपर्ने बताएका छन् । पौडेलले सरकारको अबको ध्यान अर्थतन्त्र सुदृढीकरणमा हुनुपर्ने बताएका हुन् ।

    पौडेलले भने,‘सबै क्षेत्रमा सकारात्मक नतिजा देखिन थालेको छ । वैदेशीक लगानीमा सकारात्मक प्रभाव देखिन थालेको छ । विदेशमा रहेकाहरू सामाजिक सुरक्षा कोषमा आवद्ध हुन थालेका छन् । भ्रष्टाचार नियन्त्रणको सहनशीलतालाई कार्यान्वयन गर्न थालेको छ । विधिको शासनप्रति जनताको भरोसा बढेको छ । सुशासनमा कुनै सम्झौता हुनेछैन ।’

    उनले संघीय लोकतान्त्रीक गणतन्त्र संस्थागत हुँदै गएको बताए । पौडेलले सरकारको नीति तथा कार्यक्रममा मानव विकासको सूचकांकमा पछि परेका सुदूरपश्चिम र मधेश सरकारलाई प्राथमिकतामा राखिने बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार