Nepal Face
  • सोमबार, १७ कार्तिक २०८३
  • टीआरसी विधेयकमा छलफल गर्न ११ सदस्यीय उपसमिति गठन


    शुक्रबार, जेष्ठ ५ २०८०
    875
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । संसदको कानुन न्याय तथा मानवअधिकार समितिले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि छलफल गर्न ११ सदस्यीय उपसमिति गठन गरेको छ ।

    आज शुक्रबार बसेको बैठकले ११ सदस्यीय उपसमिति बनाएको हो, जसमा कांग्रेस र एमालेका दुई–दुई जना छन् भने अरु ८ दलका एकएक जना छन् ।

    उपसमितिमा तीन साता समय दिइएको छ ।

    बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक सरकारले २५ फागुन २०७९ मा संसद दर्ता गरेको थियो । यस्तै समितिको अर्को बैठक आगामी सोमबार बिहान ८ बजेका लागि बोलाइएको छ ।

    उपसमितिमा हुनेहरुको नाम :

    उपसमितिमा सुवासचन्द्र नेम्वाङ, महेश बर्तौला, रेमश लेखक, जीवन परियार, सुशील थिङ, सन्तोष परियार, गोमा लाभ सापकोटा, पूर्णबहादुर घर्ती, रञ्जुकुमारी झा ,ध्रुवबहादुर प्रधान र शेरबहादुर कुँवर छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार