काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवबीच आज भेटवाता भएको छ ।
सरकार गठनको ६ महिना हुनैलाग्दा पनि प्रचण्ड नेतृत्वको सरकारले अझै पूर्णता पाउन सकेको छैन । जसपाको भागमा परेको वन मन्त्रालय ६ महिनादेखि मन्त्रीविहन रहेको छ । आजको भेटका क्रममा यादव र प्रचण्डबीच मन्त्रीपरिषदलाई पूर्णता दिने विषयमा छलफल भएको बताइएको छ ।
उक्त भेटका क्रममा जसपाको भागमा परेको वन मन्त्रालयको नेतृत्व छिट्टै टुंग्याउने र मन्त्रिपरिषद् विस्तार गर्ने सहमती भएको छ । जसपामा मन्त्री बन्न आकांक्षा राख्ने सांसदको संख्या धेरै हुँदा मन्त्री टुंग्याउन पार्टी अध्यक्ष यादवलाई निक्कै कष्ट परिरहेको छ ।
गठवन्धन सरकारमा जसपाले शिक्षा र वन गरी दुई मन्त्रालय पाएको छ । जसमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राई छन् भने वन मन्त्रालय प्रधानमन्त्री प्रचण्डसँगै रहेको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend