Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ढाकाकुमार श्रेष्ठको रिटमाथि सर्वोच्चमा सुनुवाइ


    शुक्रबार, जेष्ठ ५ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग रु.दुई करोड घूस मागेको प्रकरणमा कारबाहीमा परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. ढाकाकुमार श्रेष्ठको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ।

    उक्त घूस मागेको अडियो सार्वजनिक भएपछि श्रेष्ठलाई रास्वपाले कारबाही गरेको थियो। रास्वपाले सांसदबाट पनि हटाएको थियो।

    उनको स्थानमा विन्दबासिनी कंसाकारलाई पठाउने निर्णय गरेको थियो। रास्वपाको निर्णयका आधारमा निर्वाचन आयोगले पनि नयाँ सांसद निर्वाचित भएको घोषणा गरेको थियो।

    त्यस विरुद्ध श्रेष्ठले वैशाख २४ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उनको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठले अल्पकालीन अन्तरिम आदेश दिएका थिए।

    त्यससँगै विपक्षीका नाममा कारण देखाउ आदेश पनि दिएका थिए। अन्तरिम आदेश दिने वा नदिने भन्ने निर्णय गर्न दुवै पक्षलाई छलफलका लागि बोलाएका थिए।

    त्यही रिटमाथि आज न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीको संयुक्त इजलास सुनुवाइ चलिरहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार