Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मुख्यमन्त्री शाहले भने- सुदूरपश्चिम सरकारले आज पूर्णता पाउँछ


    शुक्रबार, जेष्ठ ५ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारले आज (शुक्रबार) पूर्णता पाउने बताएका छन् । प्रदेश सरकारको १०० दिनका उपलब्धि सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री शाहले आज सरकारलाई पूर्णता दिइने बताएका हुन् ।

    शाहले सत्तारुढ गठबन्धनमा आवद्ध सबै दललाई समेटेर सरकारलाई पूर्णता दिइने बताए । ‘प्रदेश सरकार विस्तारको विषयमा साथीहरुको जिज्ञासा छ । आज पूर्णता पाउँछ । सत्ता गठबन्धनमा आवद्ध सबै दललाई समेट्छौं,’ शाहले भने ।

    रेशम चौधरीको आजीवन कारबासको सजायँ सर्वोच्च अदालतले सदर गरेपछि नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले आन्दोलनका कार्यक्रम घोषणा गरेका कारण सरकारमा सहभागी हुँदैन कि भन्ने जिज्ञासामा शाहले आफू नाउपा सरकारमा सहभागी हुनेमा विश्वस्त रहेको पनि बताए ।

    सत्ता गठबन्धनमा भागबण्डासमेत मिलिसकेको माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्टले जानकारी दिएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार