Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल पक्राउ


    बिहिबार, जेष्ठ ४ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । भुटानी शरणार्थीका नेता टेकनाथ रिजाललाई प्रहरीले पक्रेको छ । नेपालीलाई नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने सम्बन्धी ठगीमा संलग्न रहेको आरोपमा आज उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    जिल्ला प्रहरी परिसर काठमाडौले उनलाई पक्राउ गरेको बुझिएको छ । प्रहरीले उनको पनि मिलेमतो भएको आशंकामा सोधपुछ गर्न बोलाएको थियो । तर, उनको संलग्नता पुष्टी हुने देखिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    यसअघि भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका मोरङका सागर राईले रिजाललाई समेत मुछेका थिए । उनले बयानका क्रममा रिजाललाई ७ लाख रुपैयाँ दिएको दाबी गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार