काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली भूटानी शरणार्थी प्रकरणमा ठूला दलबीच सहमति भएको आरोप लगाएका छन् । आज काठमाडौंमा पार्टीले आयोजना गरेको नक्कली भूटानी शरणार्थी भ्रष्टाचार प्रकरणको बिरोध सभामा बोल्दै अध्यक्ष लिङ्देनले यस्तो आरोप लगाएका हुन् ।
अध्यक्ष लिङ्देनले जनता बेच्ने भ्रष्टाचार ठूला दलहरुको सर्वदलिय सहमतिमा पुग्नु लज्जास्पद र दुःखदायी रहेको बताए ।
‘पुल कमसल बनाएर खाने मात्रै नभएर आफ्नै जनता बेचेर खान पनि नेपालका ठूला दलको सर्वदलीय सहमति देखिएको छ । योभन्दा निकृष्ट भ्रष्टाचार के हुनसक्छ’ उनले भने, ‘भ्रष्टाचारको पनि तल्लो तहको भ्रष्टाचार यो भन्दा अरु के हुनसक्छ । आफ्नो जनता बेचेर खाने कस्तो कल्पना होला ? यो जस्तो लजास्पद र दुःखदायी कुरा अरु केही पनि हुन सक्दैन ।’
उनले विश्व जगतमा नेपालको बद्नाम भएको भन्दै नेपालको शिर झुकेको बताए । लिङ्देनले नक्कली भूटानी शरणार्थी प्रकरण पनि नेपाल प्रहरीको जोडबलमा र विदेशीहरुको चासोमा अगाडि बढेको बताए ।
उनले अपराधमा संलगनहरुलाई राज्य विरुद्धको अपराध, ठगी, संगठित अपराध र सरकारी दस्तखत कृत्य सम्बन्धिको अपरा मुद्दाहरु चलाउन आग्रह गरे । प्रहरीले नक्कली भूटानी शरणार्थी प्रकरणको छानबिन गर्न खुट्टा कमाउन नहुनेमा लिङ्देनले जोड दिएका छन् ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend