Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • प्रधानमन्त्री प्रचण्डले भने- नक्कली भुटानी शरणार्थी प्रकरण अन्तर्राष्ट्रिय चासोको विषय बन्यो


    बिहिबार, जेष्ठ ४ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाको बैठकमा बोल्दै नक्कली भुटानी शरणार्थी प्रकरण राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय चासोको विषय बनेको बताएका छन्।

    प्रधानमन्त्रीले विश्वका संघसंस्थाहरुले गम्भीर रुपमा यसलाई हेरेको भन्दै दोषीलाई नछोड्ने र निर्दोषलाई नपर्ने नीतिमा अघि बढेको दावी गरे। उनले यसमा शंका नगर्न भन्दै तात्विक निष्कर्षमा पुर्‍याउने दाबी गरे।

    यो अब अन्तर्राष्ट्रिय विषय भएको छ। अन्तर्राष्ट्रिय समुदाय सबैले गम्भीर ढङ्गले हेरेका छन्,’ उनले भने, ‘सरकार यसलाई निष्कर्षमा पुर्‍याउन दृढ रहेको छ।

    प्रधानमन्त्रीलाई नेपाल मजदूर किसान पार्टीका सासद प्रेम सुवालले नक्कली शरणार्थी प्रकरणका दोषीले उन्मुक्ति पाउने त होइन भनी प्रश्न गरेका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार