Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • भुटानी शरणार्थी प्रकरणमा हज कमिटीका अध्यक्ष मियाँ सिंहदरबारबाटै पक्राउ


    बिहिबार, जेष्ठ ४ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा हज कमिटीका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन् ।

    पैसा ओसार्न मियाँले कमिटीको गाडी प्रयोग गर्ने गरेको प्रहरी हिरासतमा रहेका आरोपीले खुलासा गरेपछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई सिंहदरबारबाट पक्राउ गरेको परिसरका प्रमुख (एसएसपी) दानबहादुर कार्कीले जानकारी दिए ।

    प्रहरीले गृह मन्त्रालयको बा १ झ १५८१ नम्बरको सरकारी गाडी बरामद उक्त गाडी गृह मन्त्रालयअन्तर्गतको नेपाल हजकमिटीका अध्यक्ष शमशेर मियाँको भएको खुलेपछि उनको खोजी गरिरहेको थियो ।

    मिया काम विशेषले सिंहदरबार छिरेको जानकारी पाएपछि प्रहरीले उनलाई पक्राउ गरेकाे हाे ।

    उनले गृह मन्त्रालय अन्तरगत नेपाल हज कमिटीको सचिवालयमा सहसचिव सरहको सेवा सुविधा लिइरहेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार