Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सिद्धरामैया भारत कर्नाटकको मुख्यमन्त्री बन्ने


    बिहिबार, जेष्ठ ४ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। भारतको कर्नाटक राज्यमा सिद्धरामैया नयाँ मुख्यमन्त्री बन्ने भएका छन् । यसअघि मुख्यमन्त्री बन्ने चर्चामा रहेका डीके शिवकुमार भने उपमुख्यमन्त्री बन्ने भएका छन् ।

    यसअघि पनि कर्नाटकको जिम्मेवारी सम्हालिसकेका सिद्धरामैयालाई कांग्रेसले विश्वास गरेको छ । शपथ ग्रहण समारोह यही मे २० मा बैंगलोरमा हुनेछ ।

    प्रदेशको मुख्यमन्त्रीको विषयलाई लिएर कांग्रेसमा विवाद रहँदै आएको छ । कांग्रेसको पछिल्लो निर्णयबाट डीके शिवकुमारका भाइ डीके सुरेश असन्तुष्ट देखिएका छन् ।

    सांसदसमेत रहेके उनले भने, ‘म पूर्णतया खुसी छैन, तर कर्नाटकको हितमा हामीले हाम्रो प्रतिबद्धता पूरा गर्न चाहन्थ्यौं, त्यसैले डीके शिवकुमारले स्वीकार गर्नुपर्‍यो । भविष्यको बाटो लामो छ, हामी पर्खने र हेर्नेछौं ।’

    सिद्धरामैयाका समर्थकहरूले खुसीयाली मनाउन थालेका छन् । बैंगलोरस्थित उनको घरबाहिर पोस्टर टाँसिएको छ ।

    यससँगै सिद्धरामैया र डीके शिवकुमारको घरबाहिर सुरक्षा व्यवस्था कडा पारिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार