Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रदीप ज्ञवाली भन्छन्- हामी म्याराथनमा छौँ, कुनै लेगमा पछाडि पर्यौँ भने ठूलो कुरा ठान्दैनौँ


    बिहिबार, जेष्ठ ४ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • पोखरा। नेकपा एमालेमा उपमहासचिव प्रदीप ज्ञवालीले पार्टी म्याराथनमा दौडिरहेकाले कुनै लेगमा पछाडि पर्दै‍मा नआत्तिने बताएका छन्।

    उपनिर्वाचिनमा राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको मत परिणामबारे ज्ञवालीले भने,’पानीदार घोडाको परीक्षा लामो दौडमा हुन्छ भन्छन्। हामी म्याराथनमा छौँ। सय मिटर दौडको रेशमा होइन।’

    सय मिटरमा दौड हार्नेले म्याराथन जित्ने उनको दाबी छ। बिहीबार प्रेस चौतारी कास्कीले आयोजना गरेको पत्रकार भेटघाटमा उपमहासचिव ज्ञवालीले भने,’हामी म्याराथनमा छौँ। कुनै-कुनै लेगमा पछाडि पर्यौँ भने ठूलो कुरा ठान्दैनौँ। किन हामी त ६४ सालमा त्यो आँधीतुफान पनि व्यहोरेर आएका हौँ। तत्कालीन माओवादीको २४० मध्ये १२० सिट, एमाले खुम्चिएर ३३ सिट। हाम्रा कतिपय नेताहरू एमालेको भविष्य छैन त्यही लगेर बिसाइदिउ भन्ने ठाउँमा हुँदाखेरी धुलो टकटक्याएर उठेका हौँ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार