काठमाडौं । रास्कोट नगरपालिका—७ पोखरीकोट पुग्नेलाई जोकोही निलो जस्तापाताले सिँगारिएका एकनास घर देखेर लोभिन्छ । पहाडी भूभागमा एकै आकारका लहरै नयाँ घर देखिँदा आकर्षित नहुने कुरै भएन ।
पोखरीकोट बस्ती जिल्लाको पहिलो एकीकृत नमुना बस्ती हो । अहिले त्यहाँ पुगेर धेरैले तस्बिर खिच्ने, सेल्फी खिच्ने र टिकटक बनाउने गरेका छन् । बाहिरबाट हेर्दा जति आकर्षक लागे पनि त्यही पुग्दा भने बस्ती बस्ती जस्तो छैन । सुनसान छ । मान्छेबिनाका रित्ता घर एक्लै उभिएका छन् ।
पहिरोले जमिन चिरिएर बस्दै आएको ठाउँ बस्न अयोग्य भएपछि कर्णाली प्रदेश सरकारले पहिलोपटक एकीकृत नमुना बस्तीको अवधारणा ल्यायो । पहिरोले गाउँ नै जोखिमयुक्त बनाएपछि त्रिपालको साहारामा बस्न बाध्य स्थानीयका लागि सरकारले चिटिक्क परेको घर बनाइदियो ।
वास्तविक पहिरो पीडितलाई यो आकर्षक घरले तानेन । उनीहरू अहिले पनि पहिरोले चिरिएकै जोखिमयुक्त ठाउँमा बसिरहेका छन् । एकीकृत बस्तीका अधिकांश घरमा ताला लागेको छ ।
पहिरोले पूर्णरूपमा घरमा क्षति भएका ७३ परिवारका लागि आवास बनाइयो । तर, नमुना बस्तीमा हाल १६ परिवार मात्रै बस्ने गरेको वडाअध्यक्ष कपुर महतारा बताउँछन् । ‘धेरैजसो पुरानै थलोमा खेतीपाती गरेर बसेका छन्, कोही कोही राति सुत्न मात्रै आउँछन् ।’ महतराले भने, ‘ठूलो पानी प¥यो भने राति बास बस्न आउने गरेका छन् ।’ कनै रोजगारी नभएको खेतीपाती वस्तुभाउ सबै पुरानै ठाउँ भएकाले स्थानीय नयाँ घरमा नसरेको उनको भनाइ छ ।
त्यसो त बस्तीनजिक विद्यालय छैन । खानेपानी र बत्ती पनि अभाव छ । एकीकृत बस्ती बन्ने भनेपछि निकै रमाएका उनीहरू घर बनाउँदा ऋण लागेपछि निराश छन । जग्गा सम्याउनेदेखि भेल तर्काउन नालालगायतका एकीकृत बस्ती आकर्षण बनाउन बगैंचासहितका संरचना बनाउन लागिपरेको वडाध्यक्ष महताराले बताए । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend