Nepal Face
  • आइतबार, १० साउन २०८३
  • शरणार्थी प्रकरणमा पक्राउ परेका १४ जनालाई आज अदालत लगिँदै


    बुधबार, जेष्ठ ३ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरण मुछिएपछि पक्राउ परेका १४ जनालाई प्रहरीले आज बुधबार जिल्ला अदालत काठमाडौँमा उपस्थित गराउने भएको छ।

    नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरेको आरोपमा हालसम्म पक्राउ परेका १४ जनालाई नै प्रहरीले आज अदालतमा उपस्थित गराउन लागिएको हो।

    पक्राउ परको एक सातामा प्रहरीले अनुसन्धान सकेर मुद्दा दर्ता गर्नुपर्ने हुन्छ, तर म्याद सकिएपनि अनुसन्धान नसकिएका कारण पुनःम्याद थपका लागि प्रहरीले उनीहरूलाई अदालत पेस गर्न लागेको हो।

    हालसम्म पक्राउ परेका १४ जनामध्ये पूर्वसांसद् शेर्पाबाहेक अरू सबैको बयान सकिएको छ। शेर्पाको बयानपनि आज लिने तयारी रहेको बताइएको छ।

    यी हुन् उक्त प्रकरणमा हालसम्म पक्राउ पर्नेहरूको नाम:

    पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी‍
    पूर्वगृहमन्त्री बालकृष्ण खाँण
    खाँण गृहमन्त्री हुँदाका गृहसचिव टेकनारायण पाण्डे
    तत्कालीन निजी सचिव नरेन्द्र केसी
    टोपबहादुरका छोरा सन्दीप रायमाझी
    कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा
    तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राई
    केशव दुलाल
    सानु भण्डारी
    सन्देश शर्मा
    सागर राई
    टंक गुरुङ
    रामशरण केसी
    गोविन्द चौधरी

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार