Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • ठगी आरोपमा पक्राउ परेका बालकृष्ण खाणको बयान सकियो, आरोप अस्वीकार


    बुधबार, जेष्ठ ३ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणको बयान पूरा भएको छ । मंगलबार राति १० बजे बयान पूरा भएको जिल्ला सरकारी वकिल कार्यालयका एक जना अधिकृतले बताए ।

    सोमबार (जेठ १) मा पनि सरकारी वकिलको रोहबरमा प्रहरीले उनलाई बयान गराएको थियो । तर, ५ वटा प्रश्नको उत्तर दिएपछि खाणले बयान गर्न अस्वीकार गरेपछि भोलिपल्ट पुनः बयान लिइएको हो । शरणार्थीको नाममा ठगेको घटनामा खाणले इन्कारी बयान दिएका छन् । ‘बयानमा उहाँले आफ्नो कसुर अस्वीकार गर्नुभएको छ’ अनुसन्धानमा संलग्न एक जना अधिकृतले भने, ‘विभिन्न कोणबाट उहाँसँग दिनभर बयान लिएका थियौँ ।’

    पूर्व सहसचिव बालकृष्ण पन्थी नेतृत्वको प्रतिवेदन फेरवदल गरेर तत्कालीन गृहमन्त्री खाण, मन्त्रालयका सचिव टेकनारायण पाण्डे र स्वकीय सचिव नरेन्द्र केसीसँगको मिलेमतोमा गिरोहले ठगीधन्दा चलाएको प्रहरीको दाबी छ ।

    उक्त ठगीमा संलग्न मध्येका आरोपी पूर्व सभासद् आङटावा शेर्पाको बयान भने बाँकी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार