Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता


    मंगलबार, जेष्ठ २ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । भेटमा संसद् बैठक, नीति तथा कार्यक्रम र बजेटबारे छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।

    भेटमा समितिहरूको बैठक सुरु भएपछि संसद्ले लय समातेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले संसदमा विचाराधीन विधेयकहरू टुंगो लगाउन अब सहज हुने अपेक्षा गरेको बताए ।

    उनले भने, ‘सभामुखका तर्फबाट संसद् सञ्चालनका लागि सबै दलसँग समन्वय र सहकार्यको जुन प्रयास गर्नुभएको छ, त्यो सराहनीय छ । सरकारकाले जेठ ५ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको जानकारी गराउँदछु ।’

    जवाफमा सभामुख घिमिरेले सदन सञ्चालनका लागि सरकार र राजनीतिक दलका तर्फबाट प्राप्त सहयोगका लागि धन्यवाद दिएका थिए ।

    समितिको बैठकहरू उत्साहपूर्ण रूपमा सुरु भएको उल्लेख गर्दै सभामुख घिमिरेले सचिवालयले नीति तथा कार्यक्रम र बजेटको तयारी गरिसकेको बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार