काठमाडौं। शरणार्थीका नाममा भएको ठगी प्रकरणमा आइतबार राति पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीको बयान लिने कार्य हिजो राति सकिएको छ । जिल्ला सरकारी वकिलको कार्यालयमा उनको बयान लिइएको थियो ।
हिजो सोमबार अपराह्नदेखि बयान लिन सुरु गरिएको थियो । राति करिब ९ बजेतिर बयान लिने कार्य सकिएको सो कार्यालयका प्रमुख एवं सहन्यायाधिवक्ता अच्युतमणि नेउपानले जानकारी दिए ।
“उहाँ (टोपबहादुर रायमाझी)को बयान हिजो (सोमबार) राति ९ बजे सकिएको हो,” उनले भने ।
उनका अनुसार थुनामै रहेका तथा यो प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणबाहेक सबैको बयान लिने कार्य सकिएको छ । खाँणको बयान लिने कार्य आज सकिने उनले बताए । बयानका लागि सोधपुछ गर्न खोज्दा खाँणले बिरामी भएको र बयान दिन नसक्ने जनाएकाले बयान रोकिएको सरकारी वकिल कार्यालयले जनाएको छ ।
यस्तै रायमाझीलाई गएको आइतबार बेलुका प्रहरीले काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ गरेको थियो । सोमबार काठमाडौं जिल्ला अदालतले उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । उनी हाल प्रहरी हिरासतमै छन् ।
नेपाली कांग्रेसका नेता समेत रहेका खाँण पनि प्रहरी हिरासतमै छन् । पछिल्लोपटक उनलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालते अनुमति दिएको छ । जिल्ला सरकारी वकिलको कार्यालयमा आज पनि उनको बयान लिने कार्य हुनेछ ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन खोजेको घटनामा प्रहरीले छानबिन गरिरहेको छ । शरणार्थी प्रकरणमा हालसम्म १३ जना पक्राउ परिसकेका छन् ।
काठमाडौं । तोकिएको समयमा काम नगरी विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण ब्यवसायीको ठेक्का तोडिएको छ । डिभिजन सडक कार्यालय चरिकोट, दोलखाले समयमा...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई थुनुवा कक्षमा भेटेबापत सशस्त्र प्रहरी बल नेपालका दोस्रो वरियताका एआइजी बंशी दाहाल निलम्बनमा परेका छन् । उनी एक सातापछि...
जनकपुरधाम । आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै धनुषाको विदेह नगरपालिकामा मेयर पदका सम्भावित आकांक्षीबारे चर्चा सुरु भएको छ । निर्वाचनको औपचारिक प्रक्रिया अघि बढ्न...
पच्चीस बर्षदेखि सुदूर पश्चिम प्रदेशमा ग्यास उद्योग सञ्चालन गर्नुभएका दिवान चन्द अहिले एलपी ग्यास उद्योग संघका अध्यक्ष हुनुहुन्छ । उहाँको रेडियन्ट ब्राण्डको ग्यास कम्पनी...
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले विद्युतीय खरिद प्रणाली (ई–जीपी) मा साइबर सुरक्षा जोखिम देखिएको भन्दै यसलाई अनिश्चितकालका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend