जनकपुरधाम । नेकपा (एमाले) ले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। सरकार छाडेको करिब दुई महिनापछि एमालेले मधेस प्रदेश सरकारबाट समर्थन फिर्ता लिएको हो । मधेस प्रदेशको सबैभन्दा ठूलो दल नेकपा एमाले सरकारबाट बाहिरिएको हो ।
सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी प्रदेश प्रमुखलाई दिइसकेको एमाले संसदीय दलका नेता सरोजकुमार यादवले जानकारी दिए । चार वटा मन्त्रालय सहित सरकारमा सहभागी भएको एमाले ०७९ चैत २ मा नै सरकारबाट बाहिरिएपनि सरकारलाई दिएको समर्थन कायमै राखेको थियो ।
०७९ पुस १० मा बनेको ७ दलीय गठबन्धन अनुसार एमाले केन्द्र तथा प्रदेश सरकारमा सहभागी भएको थियो । राष्ट्रपति निर्वाचनमा माओवादी केन्द्रले गठबन्धन फेरेपछि केन्द्र सरकारबाट बाहिरिएको एमालेले चैत २ मा मधेस सरकार समेत छाडेका थिए । मधेस प्रदेश एमालेको २५ जना प्रदेशसभा सदस्य रहेका छन् ।
यता एमाले सरकारबाट बाहिरिए सँगै काँग्रेस, लोसपा र नेकपा एस सरकारमा सहभागी हुने गृहकार्य सुरु भइसकेको छ । कांग्रेसको २२, लोसपाको ९ र एकीकृत समाजवादीको ७ प्रदेशसभा सदस्य रहेको छ । यी ३ वटै दल सरकारमा सामेल हुन तयार रहेका छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend