Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • टाेपबहादुरमाथि अग्नि सापकोटाको आक्रोश- अवसरवादी मान्छे हाे, बहाना गरेर सधैँ दिल्लीमा बस्थे


    सोमबार, जेष्ठ १ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वसभामुखसमेत रहेका नेकपा (माओवादी केन्द्र)का नेता अग्नि सापकोटाले टोपबहादुर रायमाझीलाई ‘अवसरवादी’को संज्ञा दिएका छन् ।

    सापकोटाले विगतका गतिविधि स्मरण गर्दै रायमाझीलाई अवसरवादी भनेका हुन् । “टाेपबहादुर रायमाझी अवसरवादी मान्छे हाे । कस्ताे मान्छे हाे त्याे । बाहनाबाजी गरेर सधैँ दिल्लीमा बस्थे,” सापकोटाले भने ।

    उनले आफूले प्रधानमन्त्रीलाई भ्रष्टाचाविरुद्ध अघि बढ्न आग्रह गरेको पनि बताए । नक्कली शरणार्थी प्रकरणमा मुछिएका रायमाझीलाई प्रहरीले पक्राउ गरेको छ । उनी पूर्वमाओवादी नेतासमेत हुन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार