Nepal Face
  • आइतबार, १० साउन २०८३
  • टोपबहादुरलाई ३ दिन हिरासतमा राख्न अनुमति


    सोमबार, जेष्ठ १ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरण आइतबार राति पक्राउ परेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझीमाथि अनुसन्धानका लागि प्रहरीले ३ दिन हिरासतमा राख्न अनुमति पाएको छ ।

    सोमबार जिल्ला अदालत काठमाडौंमा न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले रायमाझीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

    गत २० वैशाखमा पक्राउ पुर्जी जारी भए पनि फरार रहेका रायमाझीलाई प्रहरीले हिजो साँझ काठमाडौंको बुढानीलकण्ठ क्षेत्रको एक घरबाट पक्राउ गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार