Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पक्राउ परेका टोप बहादुरमाथि अनुसन्धान गर्न ३ दिनको समय माग


    सोमबार, जेष्ठ १ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नक्कली भुटानी शरणार्थीमा आइतबार राति काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका पूर्वमन्त्री टोप बहादुर रायमाझीमाथि अनुसन्धान गर्न प्रहरीले ३ दिनको समय मागेको छ ।

    सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा रायमाझीमाथि अनुसन्धान गर्न प्रहरीले तीन दिनको अनुमति मागेको हो । टोपबहादुरलाई अनुसन्धानका लागि म्याद थप गर्न काठमाडौं जिल्ला अदालतमा पेस गर्ने प्रक्रिया पूरा गर्न सरकारी वकिलको कार्यालय काठमाडौं लगिएको थियो।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि रायमाझी र उनका छोरा सन्दीपविरुद्ध वैशाख २० गते पक्राउ पुर्जी जारी भएको थियो । तर, त्यसयता टोपबहादुर फरार थिए, छोरा सन्दीप भने यसअघि नै पक्राउ परिसकेका छन् ।

    अदालतले म्याद दिएपछि रायमाझीमाथि प्रहरीले थप अनुसन्धान गर्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार