Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संसदमा आरजुले भनिन्– मेरो चरित्र हत्या मात्र हैन, चरित्रको बलात्कार नै भयो


    सोमबार, जेष्ठ १ २०८०
    2.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडाैं। नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डा. आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफुलाई समेत जोडेपछि आफ्नो चरित्र हत्या गरिएको गुनासो गरेकी छिन् । उनले शरणार्थी प्रकरण देशका लागि नै लज्जाको विषय भएको बताइन् ।

    आज बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा कांग्रेस सांसद देउवाले आफ्नो नाममा बनाइएको अडियो टेपको वास्तविकता ६ दिनसम्म पत्ता लगाउन नसकेको भन्दै प्रहरीको ध्यानाकर्षण गराइन् ।

    ‘आज म उपस्थित भएको सबैले देख्नुभएको होला । फिजिकल फर्ममै छु । यहाँबाट के भन्न चाहन्छु भने हाम्रो देशमा फेक न्युज र फेक मिडियाको पराकाष्ठा रहेछ । यो देख्दा के लाग्यो भने फेक मिडियामा सरकारको सुपरभिजन हुनुपर्‍यो,’ आरजुले भनिन् ।

    सामाजिक सञ्जालहरूमा आरजु फरार भन्ने खालका सन्देश आएपछि उनले आफू संसदमा सशरीर उपस्थित भएको बताएकी हुन् । शरणार्थी प्रकरणको भनिएको अडियोमा अरूको पनि सार्वजनिक भएकोमा आफ्नो मात्र नाम उच्चारण गरिएको भन्दै उनले आक्रोश पोखिन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार