Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भुटानी शरणार्थी प्रकरणबारे संसद्लाई जानकारी गराउन सरकारसँग एमालेको माग


    सोमबार, जेष्ठ १ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडाैं। नेकपा एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान​बारे सदनलाई जानकारी गराउन सरकारसँग माग गरेको छ ।

    आज बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा एमाले सांसद ठाकुर गैरेले नक्कली शरणार्थीसम्बन्धी जघन्य अपराधको अनुसन्धानबारे सरकारको जवाफ माग गरेका हुन् ।

    उनले सरकारको जवाफ आएपछि मात्र सदनको कारवाही अगाडि बढाउन सभामुखको ध्यानाकर्षणसमेत गराए । ‘प्रतिनिधि सभाको २६ र २७ गतेको बैठकमा भुटानी शरणार्थीबारे सदनमा बुलन्द आवाज उठेको थियो । २७ गते सभामुखले रुलिङ पनि गर्नुभएको थियो’ गैरेले भने, ‘भ्रष्टाचारविरुद्ध सिंगो देश आन्दोलित छ । जघन्य अपराधको विषयमा सरकारले किन सदनलाई भन्न सकेको छैन ?’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार