Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • टोपबहादुर रायमाझीलाई काठमाडौं अदालतमा लगियो


    सोमबार, जेष्ठ १ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले नेता टोपबहादुर रायमाझीलाई आज अदालतमा पेश गरिएको छ।

    उक्त अभियोगमा पक्राउ पुर्जी जारी भएपछि फरार भएका टोपबहादुर रायमाझी ११ दिन पछि आइतबार साँझ काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेकाले आज अनुसन्धानका लागि म्याद थप गर्न जिल्ला अदालत काठमाडौंमा पेस गरिएको हो।

    जिल्ला अदालत काठमाडौंले रायमाझी पक्राउ गर्न गत वैशाख २० मा पक्राउ पुर्जी जारी गरेको थियो। सो दिन अर्घाखाँचीमा रहेका उनी पक्राउ पुर्जी जारी भएपछि त्यहीबाट फरार भएका थिए। प्रहरीले रायमाझीका छोरा सन्दीपलाई भने सोही दिन पक्राउ गरेको थियो। यही प्रकरणमा अनुसन्धानका लागि सन्दीप पनि पक्राउ परेका हुन्। यसअघि प्रहरीको विशेष टोलीले मंगलबार ललितपुरको सातदोबाटोस्थित रायमाझीको घरमा छापा मारेको थियो।

    उनी जिल्ला अदालत भित्र प्रवेश गरिसकेका छन । कति दिनको म्याद थपेर अदालतवाट बाहिरिने हुन ? त्यो भने एकछिनमा खुल्ने जनाईएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार