Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पक्राउ परेका बालकृष्ण खाणलाई बयानका लागि सरकारी वकिल कार्यालय लगियो


    सोमबार, जेष्ठ १ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपालीलाई नक्कली भुटानी शरणनार्थी बनाएर ठगी गरेको प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई बयानका लागि सरकारी वकिल कार्यालय लगिएको छ।

    बयानका लागि आज सोमबार बिहान खाणलाई सरकारी वकिल कार्यालय बबरमहल लगिएको हो।

    खाणलाई प्रहरीले गत वैशाख २७ गते पक्राउ गरेको थियो।

    खाणलाई अदालतबाट म्याद लिई प्रहरीले अनुसन्धान अगाडि बढाइरहेको प्रहरीको भनाइ छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार