Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • अलपत्र जब्दीघाट पुल बनाउने नयाँ कार्ययोजना अगाडि सारियो


    आइतबार, बैशाख ३१ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । ठेकेदार कम्पनीको चरम लापरवाहीले निर्माण नसकिदै भत्किएको बर्दिया जब्दीघाट पुलको नयाँ कार्ययोजना अगाडि सारिएको छ । बर्दिया जब्दीघाट पुल निर्माणको जिम्मा पप्पुु कन्स्ट्रक्सनले लिएको थियो ।

    पुल निर्माण कार्य नसकिंदै एक भाग भत्किएको थियो । भत्किएको पुल पुर्ननिर्माण नगरेपछि ठेकेदार कम्पनीलाई पछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कारवाही पनि गरिसकेको छ । तर पुल निर्माण कम्पनी अदालत पुगेपछि अर्को टेण्डर प्रक्रिया रोकिएको थियो ।

    जब्दीघाट पुलको भत्किएको एक भाग नदीको बीचमा छ । भत्किएको भागले बर्षातको पानी छेक्न सक्ने र बस्तीहरु डुवानमा पर्ने खतरा देखिएपछि मन्त्रालयले नयाँ कार्ययोजना अगाडि सारेको हो । ‘भत्किएर पानीमा रहेको भाग तत्काल हटाउने निर्णय २८ बैशाखमा हामीले गरिसकेका छौं’ सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले भने–‘भोलिदेखि नै ड्यामेज भाग हटाउने काम शुरु हुन्छ । त्यसपछि पुनः ठेक्काका लागि अन्तिम तयारी गरिरहेका छौं ।’

    तत्काल नदी सफा गर्ने र नयाँ ठेक्का लगाउने तयारी सडक विभागले गरिरहेको छ । भत्किएको पुलको स्थलगत अध्ययन गर्न महानिर्देशक ढकाल सोमबार बर्दिया जान लागेका छन् । जब्दीघाट समस्या सामधानका लागि मन्त्रालयले एउटा टोली पनि गठन गरिसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार