काठमाडौं । ठेकेदार कम्पनीको चरम लापरवाहीले निर्माण नसकिदै भत्किएको बर्दिया जब्दीघाट पुलको नयाँ कार्ययोजना अगाडि सारिएको छ । बर्दिया जब्दीघाट पुल निर्माणको जिम्मा पप्पुु कन्स्ट्रक्सनले लिएको थियो ।
पुल निर्माण कार्य नसकिंदै एक भाग भत्किएको थियो । भत्किएको पुल पुर्ननिर्माण नगरेपछि ठेकेदार कम्पनीलाई पछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कारवाही पनि गरिसकेको छ । तर पुल निर्माण कम्पनी अदालत पुगेपछि अर्को टेण्डर प्रक्रिया रोकिएको थियो ।
जब्दीघाट पुलको भत्किएको एक भाग नदीको बीचमा छ । भत्किएको भागले बर्षातको पानी छेक्न सक्ने र बस्तीहरु डुवानमा पर्ने खतरा देखिएपछि मन्त्रालयले नयाँ कार्ययोजना अगाडि सारेको हो । ‘भत्किएर पानीमा रहेको भाग तत्काल हटाउने निर्णय २८ बैशाखमा हामीले गरिसकेका छौं’ सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले भने–‘भोलिदेखि नै ड्यामेज भाग हटाउने काम शुरु हुन्छ । त्यसपछि पुनः ठेक्काका लागि अन्तिम तयारी गरिरहेका छौं ।’
तत्काल नदी सफा गर्ने र नयाँ ठेक्का लगाउने तयारी सडक विभागले गरिरहेको छ । भत्किएको पुलको स्थलगत अध्ययन गर्न महानिर्देशक ढकाल सोमबार बर्दिया जान लागेका छन् । जब्दीघाट समस्या सामधानका लागि मन्त्रालयले एउटा टोली पनि गठन गरिसकेको छ ।
काठमाडौं । तोकिएको समयमा काम नगरी विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण ब्यवसायीको ठेक्का तोडिएको छ । डिभिजन सडक कार्यालय चरिकोट, दोलखाले समयमा...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई थुनुवा कक्षमा भेटेबापत सशस्त्र प्रहरी बल नेपालका दोस्रो वरियताका एआइजी बंशी दाहाल निलम्बनमा परेका छन् । उनी एक सातापछि...
जनकपुरधाम । आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै धनुषाको विदेह नगरपालिकामा मेयर पदका सम्भावित आकांक्षीबारे चर्चा सुरु भएको छ । निर्वाचनको औपचारिक प्रक्रिया अघि बढ्न...
पच्चीस बर्षदेखि सुदूर पश्चिम प्रदेशमा ग्यास उद्योग सञ्चालन गर्नुभएका दिवान चन्द अहिले एलपी ग्यास उद्योग संघका अध्यक्ष हुनुहुन्छ । उहाँको रेडियन्ट ब्राण्डको ग्यास कम्पनी...
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले विद्युतीय खरिद प्रणाली (ई–जीपी) मा साइबर सुरक्षा जोखिम देखिएको भन्दै यसलाई अनिश्चितकालका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend