Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राप्रपाले जेठ ४ गते काठमाडौंमा भ्रष्टाचारविरुद्ध आमसभा गर्दै


    आइतबार, बैशाख ३१ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपाल) ले आगामी जेष्ठ ४ गते काठमाडौंमा भ्रष्टाचारबिरुद्ध आमसभा गर्ने भएको छ।

    आइतबार पार्टी कार्यालय धुम्वाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरण लगाएत सबै भ्रष्टाचारका काण्डलाई छानविन गर्न दवाव दिने उद्देश्यका साथ काठमाडौंमा पार्टीले आमसभा गर्न लागेको जानकारी दिएका हुन्।

    शरणार्थी प्रकरणको छानविनलाई शसक्त बनाउनुपर्ने र छानविनको कामलाई कमजोर बनाउन नहुने उनले बताए। उनले राप्रपा सशक्त प्रतिपक्षमा बसेर भ्रष्टाचार, सुशासन र राष्ट्रियताको पक्षमा आवाज उठाउने धारणा राखे।

    भ्रष्टाचारका विषयमा आवाज उठाउने नैतिक क्षमता भएको एक मात्रै पार्टी राप्रपा भएको उनले बताए। उनले प्रहरीले राम्रो काम गरिरहेको भन्दै स्वतन्त्रपूर्वक काम गर्ने वातावरण बनाउनुपर्ने बताए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार