Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संसदीय सुनुवाइ समितिका लागि ६ दलका सांसद रहने


    आइतबार, बैशाख ३१ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। संसदको संसदीय सुनुवाइ समितिका लागि ६ दलका सांसदहरू मात्र हुने भएका छन्।

    आज आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले विभिन्न दलबाट समितिमा रहने सांसदहरूको संख्या टुंगो लगाएको हो।

    सुनुवाइ समितिमा नेपाली कांग्रेस र एमालेका समान ५/५ जना सांसद हुने भएका नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले बताए।

    त्यस्तै माओवादी केन्द्रबाट २, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीले १/१ सदस्य पाएका छन्। तीन दलका शीर्ष नेताहरूबीच आजै संसदीय सुनुवाइ समितिको सभापति नेपाली कांग्रेसले पाउने टुंगो भएको छ।

    समितिले संवैधानिक अंगका पदाधिकारी र विभिन्न देशका राजदूतहरूको नियुक्तिका लागि भएको सिफारिसमा सुनुवाइ गर्छ।

    सिफारिस संसदीय समितिबाट अनुमोदन भएपछि सम्बन्धित पदमा नियुक्ति हुन्छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार