Nepal Face
  • आइतबार, १६ कार्तिक २०८३
  • आरजु राणाको चरित्र हत्या गरेको भन्दै तरुण दलद्वारा ध्यानाकर्षण


    आइतबार, बैशाख ३१ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय सदस्य डा.आरजु राणा देउवामाथि चरित्र हत्या गर्न खोजेको भन्दै नेपाल तरुण दलले ध्यानाकर्षण गराएको छ ।

    तरुण दलका केन्द्रीय अध्यक्ष विद्धान गुरुङले आज आइतबार विज्ञप्ति जारी गर्दै आरजु राणा देउवालाई विदेश भागेको र व्यक्तिगत चरित्र हत्या गर्न खोजेको भन्दै ध्यानाकर्षण जनाएका हुन् ।

    विज्ञप्तिमा भनिएको छ,‘भुटानी शरणार्थी काण्ड प्रहरी अनुसन्धानमै रहेको हुँदा कुनै ठोस प्रमाणबिना कसै प्रति लाञ्छना लगाउनु गम्भीर अपराध हो । यसप्रति सबै सरोकारवालाहरु सचेत रहन नेपाल तरुण दल केन्द्रीय समिति आग्रह गर्दछ ।’

    अनुसन्धानलाई टुंगोमा पुर्‍याउन सरकार, गृहमन्त्रालय र प्रहरीलाई सहयोग गर्न माग गरिएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार