काठमाडौं । आज बसेको प्रमुख तीन वटा राजनीतिक दलको बैठकले संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई प्रतिनिधिसभाको विषयगत समिति अन्तर्गत उपसमिति गठन गरेर अगाडि बढाउने निर्णय गरेको छ ।
यसअघि यो विधेयकलाई संसदीय विशेष समिति गठन गरेर अगाडि बढाउने सहमति भएको थियो । त्यस अनुसार प्रततिनिधिसभाको कार्यसूची तय भएर पनि अगाडि बढ्न सकेको थिएन् ।
प्रतिनिधिसभाले संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाइ दफाबार छलफलका लागि कानुन न्याय तथा मानव अधिकार समितिमा पठाएको छ ।
‘विगतमा विशेष समिति गठन गर्ने भनिए पनि हाल विषयगत समिति गइसकेका कारण अब सम्बन्धित समितिमै उपसमिति बनाएर अगाडि बढाउने निर्णय भएको छ’, नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्बाङले अनलाइनखबरसँग भने । नेता नेम्बाङका अनुसार आइतबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको प्रमुख तीन दलको बैठकमा यस्तो सहमति जुटेको हो ।
उक्त आजको बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, एमाले संसदीय दलका उपनेता नेम्वाङ, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे सहभागी भएका थिए ।
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ। बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ। बैठक सोमबार बिहान साढे आठ बजेका लागि तय गरिएको छ।...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता गगन थापाले सरकारको पछिल्लो कार्यशैलीप्रति प्रश्न उठाउँदै प्रहरी प्रशासनको भूमिका, अनुसन्धानको निष्पक्षता, सत्तारूढ दलको...
काठमाडौँ। विपक्षी दल कांग्रेसका सभापति गगन थापाले सरकार पछिल्लो गतिविधिमाथि प्रश्न उठाउँदै केही सानो समूहले आफैं राज्यको रुपमा प्रस्तुत हुन थालेको बताएका छन् । उनले...
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकको पछिल्लो राजनीतिक, प्रशासनिक तथा आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै देश ठूलो संकटतर्फ उन्मुख भइरहेको बताएका छन्। आइतबार सामाजिक...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको छ । पार्टीले उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend