Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बालुवाटारको शीर्ष नेताहरूको बैठकमा दोस्रो तहका नेता थपिए


    आइतबार, बैशाख ३१ २०८०
    1.3K
    Shares
    5nkmndf zLif{ g]tfx? sf7df8f}F, #! j}zfvM ;+;bsf] k|efjsfl/tf, cfj @)*)÷)*! sf] gLlt tyf sfo{qmddf s]lG›t /x]/ tLg 7"nf bnsf g]tf Pj+ k|d'v ;r]tsx¿ cfOtaf/ afn'jf6f/df 5nkmn ub}{ . tl:a/M k|bLk/fh jGt÷/f;;
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। आज बालुवाटारमा प्रमुख तीन दलका शीर्ष नेताबीच जारी बैठकमा दोस्रो तहका नेताहरू थपिएका छन् ।

    नेपाली कांग्रेस, नेकपा (एमाले) र प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्षबीच जारी बैठकमा केही बेरअघि दोस्रो तहका नेताहरू थपिएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    करिब १० बजे देखि सुरु भएको शीर्ष बैठकमा डेढघण्टा पछि दोस्रो तहका नेताहरू थपिएका हुन् ।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्रीसमेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको छलफलमा दोस्रो तहका नेताहरू पुर्णबहादुर खड्का तथा रमेश लेखक, सुवास नेम्वाङ तथा हितराज पाण्डे थपिएका हुन् ।

    बैठकमा संसद्‌मा रहेका विधेयक पारित गर्न विपक्षीको साथ प्रधानमन्त्रीले खोजेका छन् । बहुमतबाट विधेयक पारित हुने भएपनि कार्यान्वयनका लागि भोलि जटिलता नआओस भनेर प्रधानमन्त्रीले कांग्रेस र एमालेका दुवै अध्यक्षलाई निरन्तर जस्तो छलफलमा डाकिरहेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार