Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई निलम्बन गर्न माग गर्दै नेविसंघद्वारा प्रदर्शन


    आइतबार, बैशाख ३१ २०८०
    965
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेविसंघका कार्यकर्ताहरुले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई नेपाली कांग्रेसबाट निलम्बन गर्न माग गर्दै आज काठमाडौंमा प्रदर्शन गरेका छन् ।

    काठमाडौंको त्रिचन्द्र क्याम्पसमा नेविसंघको एक समूहले ‘सभापति ज्यु खाँणलाई किन निलम्बन नगरेको ?’ लेखिएको प्लेकार्डसहित प्रदर्शन गरेको हो ।

    नाता र नेता नहेरी भ्रष्टाचारीलाई कठघरामा उभ्याउन माग गरेका उनीहरुले नेविसंघको झण्डासहित प्रतिकात्मक रुपमा कागजको हत्कडी र कैदीबन्दीले लगाउने पोशाक समेत प्रदर्शन गरेका छन् ।

    नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग रकम लेनदेन गरेको आरोपमा प्रहरीले कांग्रेस केन्द्रीय सदस्य खाँणलाई २७ वैशाखमा पक्राउ गरेको थियो ।

    उक्त प्रकरणमा नेकपा एमालेका सचिव एवम् पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको भए पनि रायमाझी भने हाल फरार छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार