काठमाडौं । नेपालको जेठो विश्वविद्यालयका रूपमा परिचित त्रिभुवन विश्वविद्यालयको विस्तृत इतिहास अब युट्युबमा हेर्न सकिनेछ ।
एडुसञ्जालले ‘त्रिभुवन विश्वविद्यालयको इतिहास’ शीर्षक डकुमेन्ट्री सार्वजनिक गरेको छ । डकुमेन्ट्री २९ मिनेटको छ ।
एडुसञ्जालका व्यवस्थापक तथा डकुमेन्ट्रीका निर्देशक दिपेश आचार्यले नेपालको शैक्षिक इतिहासलाई सूचना प्रविधिसँग जोड्न चाहेको बताउँदै भने, “किताब पढ्नेभन्दा सूचना प्रविधिको प्रयोग गरेर इतिहास जानकारी पाउने युग भइसकेको छ । शैक्षिक इतिहासका लागि धेरैवटा किताब पल्ट्याइरहनुभन्दा एउटै डकुमेन्ट्रीबाट फेहरिस्त थाहा होस् भन्नका शिक्षाका छुट्टाछुट्टै विषयमा छुट्टाछुट्टै डकुमेन्ट्री तयार गर्दै जाने छौँ । सुरुमा त्रिभुवन विश्वविद्यालयको इतिहास तयार गरिएको छ ।”
राणाकालमा नै विश्वविद्यालय स्थापनाको प्रयास भएको थियो । राणा शासन सकियो, प्रजातन्त्रको उदय भयो । प्रजातन्त्र प्राप्तिको केही कालसम्म विश्वविद्यालय स्थापनाको विषय अगाडि बढ्न सकेन । अमेरिकाको ओरेगन विश्वविद्यालयको सहयोगमा नेपालको शिक्षा क्षेत्रमा सुधारको प्रयास अगाडि बढाइयो । सोही सन्दर्भमा विश्वविद्यालय स्थापनाको कुरा अगाडि बढ्यो ।
नेपालको पहिलो शिक्षा आयोगले विश्वविद्यालय स्थापनाका लागि सिफारिससहितको प्रतिवेदन सरकारलाई बुझायो । आयोगका अध्यक्ष सरदार रुद्रराज पाँडे थिए । तत्कालीन राजा त्रिभुवनको निधन भएपछि उनको नाम चीर सम्झनाका लागि विश्वविद्यालय स्थापनाको घोषणा गरियो । त्रिभुवनको निधन भएको एक वर्षपछि राजपरिवारले गरेको घोषणाअनुरुप २०१३ सालमा कीर्तिपुरमा त्रिभुवन विश्वविद्यालय स्थाना गर्ने निर्णय भयो । महाकवि लक्ष्मीप्रसाद देवकोटाको संयोजकत्वमा गठित समितिले नै सो स्थान उपयुक्त भएको ठह¥याएको थियो । २०१६ सालमा त्रिवि ऐन जारी गरियो । तसर्थ यसको स्थापना २०१६ साललाई मानिँदैन आएको छ ।
डकुमेन्ट्रीका निर्देशक आचार्यले त्रिवि स्थापनाका सन्दर्भमा भएका केही महत्वपूर्ण घटनालाई समेट्ने प्रयास गरेको उल्लेख गर्दै यसमा प्रयोग गरिएका अधिकांश तस्बिर हालसम्म सार्वजनिक नभएको दावी गरे ।
“महेन्द्र विद्याभूषण पाउने पहिलो विद्यार्थी, विद्यार्थी युनियनका पहिलो अध्यक्ष आदिका अन्तर्वार्ता पनि डकुमेन्ट्रीमा समेटिएको छ” उनले थपे, “यो डकुमेन्ट्री महत्वपूर्ण ऐतिहासिक दस्तावेज बनेको छ । अब दोस्रो डकुमेन्ट्रीका रूपमा नेपालमा विश्वविद्यालय स्थापनाको इतिहास सार्वजनिक गर्नैछौँ ।”
डकुमेन्ट्रीमा हालसम्मको अवस्थालाई समावेश गरिएको छ । अहिले त्रिविको नौ वटा संकाय र संस्थान, चार वटा अनुसन्धान केन्द्र छन् । यसका ४० वटा केन्द्रीय विभाग, ६२ वटा आङ्गीक क्याम्पस र एक हजार ६२ वटा सम्बन्धन प्राप्त क्याम्पस छन् । यस विश्वविद्यालयमा करिब चार लाख विद्यार्थी अध्ययनरत छन् । उच्च शिक्षाको करिब ८० प्रतिशत भार यसै विश्वविद्यालयले थेग्दै आएको छ ।
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौँ। सत्याग्रहमा बसिरहेका प्रा.डा. गोविन्द केसीमा माग सम्बोधन गर्न शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले छलफल थालेका छन्। शुक्रबार मन्त्री पोखरेलले डा.केसीको टोलीसँग अनौपचारिक रुपमा छलफल...
काठमाडौँ। पशु सेवा विभागले पन्छीमा देखिएको बर्डफ्लुको संक्रमण नियन्त्रणमा आएको दावी गरेको छ। काठमाडौँलगायत विभिन्न ठाउँमा बर्डफ्लुको संक्रमण देखिएपछि देशभरका पन्छीपालन गर्ने किसान समस्यामा परेका...
काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा मानसिक स्वास्थ्यसम्बन्धी सेवा, उपचार र जनचेतनालाई देशव्यापी रूपमा विस्तार गर्ने उद्देश्यले मन्त्रालयले संघ, प्रदेश र...
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा(एसइई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले नतिजा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend