Nepal Face
  • आइतबार, १० साउन २०८३
  • निरन्तर तीन वटा बैठकमा अनुपस्थित हुनेलाई कमिटीबाटै हटाउने एमालेको निर्णय


    शनिबार, बैशाख ३० २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेले निरन्तर तीन वटा बैठकमा अनुपस्थित हुनेलाई पार्टी कमिटीबाटै हटाउने निर्णय गरेको छ । तीन दिन पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले पदमा बस्न मरिहत्ते गर्ने तर जिम्मेवारी बहन नगर्ने प्रवृत्ति बढेको भन्दै सो निर्णय गरेको हो ।

    बैठकपछि प्रवक्ता पृथ्वी सुब्बा गुरुङले निरन्तर पार्टीको तीन वटा बैठकमा अनुपस्थित हुनेलाई हटाउने निर्णय भएको बताए। कमिटीमा रहेका पदाधिकारी थपेपनि हटिसकेपछि नथप्ने उनको भनाइ छ ।

    यस्तै एमालेले आगामी मंसिर महिनामा मध्य पहाडी लोकमार्ग केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार