Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आरजू राणाको आक्रोश: दुई चार जना उफ्रिँदैमा रौं पनि झर्दैन


    शनिबार, बैशाख ३० २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा पत्नी,काँग्रेस नेतृ तथा सांसद डा. आरजू राणा देउवाले अमूक व्यक्तिलाई चेतावनी दिएकी छन् । श्रीमती देउवाले एकाध जना विरोध गर्दैमा र उफ्रिँदैमा केही नहुने उल्लेख गरेकी हुन् ।

    सामाजिक सञ्जालमार्फत् उनले व्यक्ति वा संस्थाको नाम उल्लेख नगरी आफूविरुध्द एकाध उफ्रिँदैमा केही फरक नपर्ने धारणा व्यक्त गर्दै लेखेकी छन्, ‘म यो देशमा १०४ वर्ष शासन गर्ने पुर्खाको सन्तान हुँ,मेरो श्रीमान राणा शासन ढाल्ने योध्दा । २, ४ जना बिदेशी फ्याउराहरु उफ्रिँदैमा मेरो र मेरो श्रीमानको खुट्टाको रौं पनि झर्दैन, चेतना भया ।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका भिआइपीहरुको नाम सार्वजनिक हुने क्रममा उनले उक्त चेतावनी दिएकी हुन् । आफू निकट पूर्वगृहमन्त्री बालकृष्ण खाँणलगायत एक दर्जन प्रहरी खोरमा पुगेका छन् । अरु आधा दर्जनमाथि आरोप लागेको छ ।

    स्वयम् डा. आरजू र खाँणकी श्रीमती मञ्जुमाथि उक्त काण्डमा क्रमशः २ करोड र ६ करोड बुझेको गम्भीर आरोप छ । आरोप लगाइएको भ्वाईस रेकर्डमाथि प्रहरीले आवश्यक छानबिन र अनुसन्धान थालेको जानकारी प्राप्त छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार