Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भ्रष्टाचारविरुद्ध माइतीघरमा प्रदर्शन [फोटोफिचर]


    शनिबार, बैशाख ३० २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। आज शनिबार नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँ माइतीघरमण्डलामा प्रर्दशन भएको छ।

    आज भ्रष्टाचारविरुद्ध देशभरका विभिन्न सहरमा प्रदर्शन भइरहेका छन्।

    ‘भ्रष्टाचारविरुद्ध एक हौँ’ भन्ने अभियानले भैरहवा, पोखरा, सिन्धुली, रुपन्देही, विराटनगरलगायतका स्थानमा प्रदर्शन भइरहेकाे हाे।

    सहभागीले भ्रष्टाचारविरुद्धका प्लेकार्ड बोकेर नारा लगाएका छन्। भ्रष्टचारविरुद्ध कविता वाचन पनि गरिँदैछ।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनीति र प्रशासन क्षेत्रका उच्च तहका व्यक्ति पक्राउ परेपछि भ्रष्टाचारविरुद्ध आवाज चर्किन थालेका छन्।

    नक्कली भुटानी शरणार्थी प्रकरणसँगै भ्रष्टाचार काण्डको निष्पक्ष अनुसन्धान र छानबिनका लागि दबाब दिन नागरिक स्तरबाट दबाबमूलक अभियान सुरु भएको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार