काठमाडौँ। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने प्रक्रियामा मुछिएका राजनीतिक दल आबद्ध जोसुकै भए पनि तिनलाई कडा कारबाही गरिनुपर्ने बताएका छन्।
सोही प्रकरणमा आफ्नै पार्टीका नेता पूर्वगृहमन्त्री बालकृष्ण खाँण प्रहरीको हिरासतमा रहेका बेला कांग्रेस नेता कोइरालाले त्यसमा संलग्न दोषीलाई कुनै हालतमा उन्मुक्ति दिन नहुने कुरा दोहोर्याएका हुन्। यसअघि उनले विराटनगरमा पनि पत्रकारसँग नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई छाड्न नुहने बताएका थिए।
नेता कोइरालाले आज बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘भ्रष्टाचारले आक्रान्त नेपाली समाजलाई राज्य नै सञ्जाल खडा गरेर मानव तस्करीजस्तो घृणित कार्यमा संलग्न भएको घटनाले विश्व समुदायसामु देशको शिर निहुरिएको छ, हामी लज्जित भएका छौँ। तसर्थ राज्यको जुनसुकै तह र तप्काको जो कोहीलाई पनि कानुनको कठघरामा ल्याएर तिनलाई कडा भन्दा कडा सजाय दिनुपर्दछ।’
यो देशका शासक र प्रशासकप्रति आम नागरिकको चरम अविश्वास बढदो रहेको उल्लेख गर्दै उनले दशकौँ संघर्ष गरेर ल्याइएको लोकतन्त्र र संविधानलाई असुरक्षित पारिएको आरोप लगाएका छन्।
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ। बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ। बैठक सोमबार बिहान साढे आठ बजेका लागि तय गरिएको छ।...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता गगन थापाले सरकारको पछिल्लो कार्यशैलीप्रति प्रश्न उठाउँदै प्रहरी प्रशासनको भूमिका, अनुसन्धानको निष्पक्षता, सत्तारूढ दलको...
काठमाडौँ। विपक्षी दल कांग्रेसका सभापति गगन थापाले सरकार पछिल्लो गतिविधिमाथि प्रश्न उठाउँदै केही सानो समूहले आफैं राज्यको रुपमा प्रस्तुत हुन थालेको बताएका छन् । उनले...
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकको पछिल्लो राजनीतिक, प्रशासनिक तथा आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै देश ठूलो संकटतर्फ उन्मुख भइरहेको बताएका छन्। आइतबार सामाजिक...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको छ । पार्टीले उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend