Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • नक्कली शरणार्थी प्रकरणमा संलग्न सबैलाई कडा सजाय दिनुपर्छ: शेखर कोइराला


    शनिबार, बैशाख ३० २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने प्रक्रियामा मुछिएका राजनीतिक दल आबद्ध जोसुकै भए पनि तिनलाई कडा कारबाही गरिनुपर्ने बताएका छन्।

    सोही प्रकरणमा आफ्नै पार्टीका नेता पूर्वगृहमन्त्री बालकृष्ण खाँण प्रहरीको हिरासतमा रहेका बेला कांग्रेस नेता कोइरालाले त्यसमा संलग्न दोषीलाई कुनै हालतमा उन्मुक्ति दिन नहुने कुरा दोहोर्‍याएका हुन्। यसअघि उनले विराटनगरमा पनि पत्रकारसँग नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई छाड्न नुहने बताएका थिए।

    नेता कोइरालाले आज बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘भ्रष्टाचारले आक्रान्त नेपाली समाजलाई राज्य नै सञ्जाल खडा गरेर मानव तस्करीजस्तो घृणित कार्यमा संलग्न भएको घटनाले विश्व समुदायसामु देशको शिर निहुरिएको छ, हामी लज्जित भएका छौँ। तसर्थ राज्यको जुनसुकै तह र तप्काको जो कोहीलाई पनि कानुनको कठघरामा ल्याएर तिनलाई कडा भन्दा कडा सजाय दिनुपर्दछ।’

    यो देशका शासक र प्रशासकप्रति आम नागरिकको चरम अविश्वास बढदो रहेको उल्लेख गर्दै उनले दशकौँ संघर्ष गरेर ल्याइएको लोकतन्त्र र संविधानलाई असुरक्षित पारिएको आरोप लगाएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार