Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • परराष्ट्रमन्त्री साउद र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता


    शुक्रबार, बैशाख २९ २०८०
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। परराष्ट्रमन्त्री एनपी साउद र भारतका विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । आज बंगलादेशको ढाकामा परराष्ट्रमन्त्री साउद र भारतीय विदेशमन्त्री जयशंकरबीच द्वीपक्षीय भेटवार्ता भएको हो ।

    आजदेखि ढाकामा सुरु भएको ‘छैटौं इन्डियन ओसन कन्फ्रेन्स–२०२३’ मा सहभागी भएका उनीहरूको साइडलाइनमा भेट भएको बताइएको छ ।

    भेटघाटमा व्यापार, पारवहन, कनेक्टिभिटी र जनस्तरको सम्बन्धको सहकार्यबारे छलफल भएको ढाकास्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार