काठमाडौं। उपराष्ट्रपति रामसहायप्रसाद यादव र चिनियाँ कम्युनिस्ट पार्टीका युनान प्रान्तको पार्टी स्थायी कमिटीका उपसचिव महामहिम शी युगाङबिच भेटवार्ता भएको छ । आज उपराष्ट्रपति यादव र युगाङबिच भेटवार्ता भएको हो ।
भेटमा द्विपक्षीय सम्बन्ध, भ्रमण, सहयोग, व्यापार तथा पर्यटन लगायतका विविध आयामका विषयमा छलफल भएको बताइएको छ । उपराष्ट्रपति यादवले नेपाल र चीनबिच सदियौँदेखि रहि आएको सौहार्दपूर्ण एवम् अति घनिष्ठ सम्बन्ध हालैका वर्षहरूमा अझ व्यापक, थप घनिष्ठ र अरू उच्च बनेकोमा खुसी व्यक्त गरे ।
उनले प्रधानमन्त्री प्रचण्डको गत वर्षको सेप्टेम्बरमा सम्पन्न चीन भ्रमणले दुई देश बिचको सम्बन्धलाई थप उचाइमा पुर्याएको बताए । गत वर्षको अगस्टमा युनानको कुन्मीङमा सम्पन्न ७ औँ चीन–दक्षिण एसिया प्रदर्शनी र २७ औँ चीन (कुन्मीङ) आयात–निर्यात मेला लगायतका कार्यक्रममा सहभागी हुन पाएकोमा उपराष्ट्रपति यादवले खुसी समेत व्यक्त गरे ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend