Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति पौडेलबीच शितल निवासमा भेटवार्ता


    बुधबार, जेष्ठ १७ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ।

    प्रधानमन्त्री प्रचण्डले आज बिहान राष्ट्रपति पौडेलसँग शितल निवासमा भेटवार्ता गरेका हुन्।

    भेटवार्ताका क्रममा प्रधानमन्त्रीले भारत भ्रमणबारे राष्ट्रपतिलाई जानकारी गराएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ।

    ‘राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीले आजदेखि हुने भारत भ्रमणबारे जानकारी गराउनुभएको हो,’ राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले भने।

    प्रधानमन्त्री दाहाल आजदेखि भारत भ्रमणमा जाने तयारीमा छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार