Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दाङमा ट्याक्टरबाट खसेर एक बालकको मृत्यु


    शुक्रबार, बैशाख २९ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । दाङमा ट्याक्टरबाट खसेर एक जना बालकको ज्यान गएको छ । तुलसीपुर उपमहानगरपालिका-१४ का १४ वर्षीय बिनोद चौधरीको मृत्यु भएको हो ।

    ट्याक्टरबाट खसेर गम्भिर घाइते भएका चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा आज दिउँसो मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

    तुलसीपुर-१४ गोठ्वाबाट ग्वारखोलातर्फ आउँदै गरेको रा १ त ४८९८ नम्बरको ट्याक्टरबाट शुक्रबार बिहान साढे ११ बजेतिर बालक खसेका थिए । घटनापछि ट्याक्टर चालक फरार रहेको र उनको खोजि कार्य भइरहेको प्रहरी जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार