Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गण्डकी प्रदेशमा मन्त्री लिष्टबाट मनाङे आउट, जीतप्रकाश आलेको इन्ट्री


    शुक्रबार, बैशाख २९ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। गण्डकी प्रदेशमा स्वतन्त्र निर्वाचित भएर नेकपा एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङ (दीपक मनाङे) मन्त्री बन्ने लिष्टबाट बाहिरिएका छन् ।

    प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मनाङेलाई मन्त्री नबनाएर तथा लिष्टबाट मनाङको नाम आउट गरेर कांग्रेसकै जीतप्रकाश आलेलाई बनाउने भएका छन् । उनी तनहुँ २ (ख) बाट निर्वाचित भएका हुन्।

    आज शुक्रबार बिहान ३ मन्त्री नियुक्त गरेर मनाङेको ठाउँमा खाली राखेर शीर्ष नेतासँग अन्तिम छलफल थालेका पाण्डेले अन्तत मन्त्री नबनाउने निश्कर्षमा पुगेको र तनहुँ–२ प्रदेश सभा २ का जीतप्रकाश आलेलाई मन्त्री बनाउने निश्चित भएको हो ।

    आलेले मुख्यमन्त्रीको कार्यालयबाट सपथ खान खबर आएको पुष्टि गरेका छन् । शुक्रबार बिहान ३ मन्त्रीको नाम टुंगो लगाइसकेपछि मनाङेलाई मन्त्री बनाउने सन्दर्भमा शीर्ष नेतासँग पाण्डेले फोन संवाद थालेका थिए ।

    मनाङेलाई मन्त्री नबनाए पनि गण्डकीमा सहज बहुमत पुग्ने भएकाले पाण्डे सुरुदेखि नै मन्त्री बनाउने पक्षमा थिएनन् । तर, केन्द्रको गठबन्धन बिग्रन सक्ने भएकाले बनाउनुपर्ने दबाब उनीमाथि थियो । शुक्रबार बिहानसम्म पनि एकीकृत समाजवादीबाट मनाङे मन्त्री बन्न सक्ने पाण्डेले बताइरहेका थिए ।

    ४ बजेपछि नयाँ मन्त्रीको शपथ हुँदैछ। दीपक मनाङे मन्त्री बन्ने चर्चा भइरहँदा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले इच्छा देखाएका थिएनन्।

    नेपाली कांग्रेस तनहुँका सभापतिसमेत रहेका आले राष्ट्रपति रामचन्द्र पौडेलनिकट मानिन्छ। राष्ट्रपति पौडेलकै इन्ट्रेस्टमा उनी मन्त्री बन्न लागेका हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार