Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गण्डकी प्रदेशमा मनाङेसहित ४ मन्त्री नियुक्त, आजै शपथ


    शुक्रबार, बैशाख २९ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • पोखरा । गण्डकी प्रदेशमा मन्त्रिपरिषद विस्तार भएको छ । नेपाली कांग्रेसबाट २, नेकपा माओवादीबाट २ र एकीकृत समाजवादीबाट १ जना गरी ७ सदस्यीय मन्त्रिपरिषद बनाइएको स्रोतले बताएको छ।

    मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी, बागलुङका दिपेन्द्रबहादुर थापालाई मन्त्री नियुक्त गरेका छन् भने एकीकृत समाजवादीबाट राजीव गुरुङ (दीपक मनाङे) र माओवादीबाट रेशमबहादुर जुग्जाली नियुक्त भएका छन् ।

    मन्त्रालयको नाम भने सपथसँगै सार्वजनिक गर्ने मुख्यमन्त्री पाण्डेले बताएका छन् । आज दिउँसो ४ बजे मन्त्रीको सपथ कार्यक्रम राखिएको छ ।

    वैशाख ९ गते एमालेका खगराज अधिकारी नेतृत्वको सरकार ढलेपछि कांग्रेस–माओवादीसहितको गठबन्धनबाट गत वैशाख १४ गते पाण्डे मुख्यमन्त्री नियुक्त भएका हुन् ।

    १५ गते सपथसँगै कांग्रेसबाट सरस्वती अर्याल तिवारी र माओवादीबाट सुशीला सिम्खडालाई विना विभागीय मन्त्री नियुक्त गरेका थिए ।

    यस्तै मुख्यमन्त्री पाण्डेले यसअघि नेपाली कांग्रेसबाट सरस्वती अर्याल र माओवादी केन्द्रबाट सुशीला शि‌म्खडालाई मन्त्री नियुक्त गरिसकेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार