Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रविसँग प्रचण्डले भने– भ्रष्टाचारीमा जोडिएका कसैलाई छाड्दिन


    शुक्रबार, बैशाख २९ २०८०
    940
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच आज शुक्रबार बिहान समसामयिक तथा राजनीतिक विषयमा छलफल भएको छ ।

    शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका रास्वपा सभापति लामिछानेले भ्रष्टाचारविरुद्ध सरकारले राम्रो काम गरेको भन्दै प्रधानमन्त्री प्रचण्डलाई धन्यवाद दिएका छन् ।

    भ्रष्टाचारविरुद्ध हुने काममा आफू र आफ्नो पार्टीको साथ र समर्थन रहने लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई जानकारी गराएका छन् । जवाफमा प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारीलाई कारबाही गर्ने विषयमा निर्मम भएर लाग्ने बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार