Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेकाे स्थायी कमिटी बैठक सर्‍यो, भोलि बस्ने


    शुक्रबार, बैशाख २९ २०८०
    745
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज शुक्रबार पनि बस्दैछ। बैठक बिहान साढे १० बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुरु हुने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

    यस्तै शुक्रबार नै स्थायी कमिटी बैठक बस्ने भनिए पनि प्रतिवेदन पेश गर्ने क्रम लम्बिएकाले शनिबार बिहान मात्रै बस्ने भएको छ। ‘हिजै प्रतिवेदन पेश गर्ने क्रम सकेर आज समूहगत छलफल गरेपछि स्थायी कमिटी बैठक बस्ने तयारी थियो’, ज्ञवालीले भने, ‘अझै प्रतिवेदन पेश गर्ने र समूहगत छलफल गर्नै बाँकी रहेकाले भोलि बिहान स्थायी कमिटी बैठक बसेर दिउँसो फेरि केन्द्रीय कमिटी बैठक बस्नेछ।’

    शुक्रबारको बैठकमा दुईवटा भौगोलिक र दुई वटा गैरभौगोलिक प्रदेश कमिटीले ग्रासरुट अभियानको समीक्षा प्रतिवेदन पेश गर्ने उनले जानकारी दिए। उपमहासचिव ज्ञवालीका अनुसार आज बागमती, गण्डकी, सम्पर्क समन्वय र उपत्यका विशेष कमिटीले ग्रास रुट अभियानको समीक्षा प्रतिवेदन प्रस्तुत गर्नेछन्।

    त्यसपछि प्रतिवेदनहरूमाथि समूहगत छलफल हुनेछ। समूहगत छलफलका लागि आठ वटा समूह बनाइएको छ। समूहगत छलफलपछि प्रदेश अध्यक्षहरूले निस्कर्षसहित सुझाव प्रस्तुत गर्ने उपमहासचिव ज्ञवालीले जानकारी दिए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार