Nepal Face
  • आइतबार, १६ कार्तिक २०८३
  • कांग्रेस शीर्ष नेताको बैठक धुम्बाराहीमा सुरु


    बिहिबार, बैशाख २८ २०८०
    1000
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीको बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा सुरु भएको छ । आज दिउँसो साढे २ बजेबाट बैठक जारी छ । बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पार्टीका केन्द्रीय सदस्य बालकृष्ण खाण, पार्टीको आन्तरिक गतिविधि र प्रदेशहरुमा मन्त्री छनोटका विषयमा छलफ भइरहेको छ ।

    बुधबारको बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले खाणलाई पार्टीबाट निलम्बनको प्रस्ताव गरेका थिए । पार्टीका भ्रातृ संस्थाको विस्तार, पार्टीका केन्द्रीय विभाग गठन लगायतका विषयमा पनि छलफल भइरहेको छ । यस्तै मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका मन्त्री छान्नेबारे पनि बैठकको एजेण्डा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार