काठमाडाैं। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेपछि उनकी पत्नी समेत रहेकी कांग्रेस नेत्री मञ्जु खाँण पनि सम्पर्कविहीन भएकी छन् ।
उनले मोबाइल समेत अफ गरेर सम्पर्कविहीन भएको प्रहरी उच्च स्रोतले जानकारी दियो ।
तर, यस प्रकरणमा अहिले नै मञ्जुलाई पक्राउ गरिहाल्ने तयारी भने प्रहरीको छैन । तर, यस प्रकरणमा पक्राउ पर्नेमध्ये बालकृष्ण खाँण सबैभन्दा शीर्षस्थ व्यक्ति हुन् ।
‘उहाँलाई अहिले नै पक्राउ गरिहाल्ने तयारी छैन, तर मोबाइल अफ गरेर सम्पर्कविहीन हुनुभएको छ,’ एक प्रहरी अधिकारीले भने, ‘पति पक्राउ परेकाले मनोवैज्ञानिक त्रासमा पर्नुभएको पनि हुनसक्छ ।’
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने धन्दामा संलग्न भएको आरोपमा खाँण आज बिहान आफ्नै निवासबाट पक्राउ परेका हुन् ।
उनका अलावा तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित कुल १२ जना पक्राउ परिसकेका छन् ।
गिरोहका सदस्यले बालकृष्णपत्नी मञ्जुलाई ६ करोड बुझाएको दाबी गरिएको अडियो समेत सार्वजनिक भएको छ ।
उक्त अडियोको आधिकारिकता पुष्टि गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं । तोकिएको समयमा काम नगरी विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण ब्यवसायीको ठेक्का तोडिएको छ । डिभिजन सडक कार्यालय चरिकोट, दोलखाले समयमा...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई थुनुवा कक्षमा भेटेबापत सशस्त्र प्रहरी बल नेपालका दोस्रो वरियताका एआइजी बंशी दाहाल निलम्बनमा परेका छन् । उनी एक सातापछि...
जनकपुरधाम । आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै धनुषाको विदेह नगरपालिकामा मेयर पदका सम्भावित आकांक्षीबारे चर्चा सुरु भएको छ । निर्वाचनको औपचारिक प्रक्रिया अघि बढ्न...
पच्चीस बर्षदेखि सुदूर पश्चिम प्रदेशमा ग्यास उद्योग सञ्चालन गर्नुभएका दिवान चन्द अहिले एलपी ग्यास उद्योग संघका अध्यक्ष हुनुहुन्छ । उहाँको रेडियन्ट ब्राण्डको ग्यास कम्पनी...
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले विद्युतीय खरिद प्रणाली (ई–जीपी) मा साइबर सुरक्षा जोखिम देखिएको भन्दै यसलाई अनिश्चितकालका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend