Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • कांग्रेस नेता बालकृष्ण पक्राउपछि मोबाइलनै अफ गरेर मञ्जु खाँण सम्पर्कविहीन


    बुधबार, बैशाख २७ २०८०
    2.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडाैं। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेपछि उनकी पत्नी समेत रहेकी कांग्रेस नेत्री मञ्जु खाँण पनि सम्पर्कविहीन भएकी छन् ।

    उनले मोबाइल समेत अफ गरेर सम्पर्कविहीन भएको प्रहरी उच्च स्रोतले जानकारी दियो ।

    तर, यस प्रकरणमा अहिले नै मञ्जुलाई पक्राउ गरिहाल्ने तयारी भने प्रहरीको छैन । तर, यस प्रकरणमा पक्राउ पर्नेमध्ये बालकृष्ण खाँण सबैभन्दा शीर्षस्थ व्यक्ति हुन् ।

    ‘उहाँलाई अहिले नै पक्राउ गरिहाल्ने तयारी छैन, तर मोबाइल अफ गरेर सम्पर्कविहीन हुनुभएको छ,’ एक प्रहरी अधिकारीले भने, ‘पति पक्राउ परेकाले मनोवैज्ञानिक त्रासमा पर्नुभएको पनि हुनसक्छ ।’

    नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने धन्दामा संलग्न भएको आरोपमा खाँण आज बिहान आफ्नै निवासबाट पक्राउ परेका हुन् ।

    उनका अलावा तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित कुल १२ जना पक्राउ परिसकेका छन् ।

    गिरोहका सदस्यले बालकृष्णपत्नी मञ्जुलाई ६ करोड बुझाएको दाबी गरिएको अडियो समेत सार्वजनिक भएको छ ।

    उक्त अडियोको आधिकारिकता पुष्टि गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार