Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • फरार रहेका टोपबहादुर रायमाझीले संसदलाई पठाए बिरामी भएको पत्र


    बुधबार, बैशाख २७ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेकपा (एमाले) का सांसद टोपबहादुर रायमाझीले आफू बिरामी परेको पत्र संसद सचिवालयलाई पठाएका छन्।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका रायमाझीले पठाएको पत्र संसद सचिवालयमा पुगेको छ।

    ‘तर उहाँको पत्र दर्ता भने गरिएको छैन,’ सचिवालयका एक कर्मचारीले भने। एमालेले भने आजै रायमाझीलाई पार्टीको सचिव पदबाट निलम्बन गरेको छ।

    महासचिव शंकर पोखरेलले आज एक विज्ञप्ति निकाल्दै रायमाझीलाई पार्टी सचिवबाट निलम्बन गरिएको जानकारी दिएका हुन्।

    अर्घाखाँचीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रायमाझीविरूद्ध पक्राउ पुर्जी जारी भएपछि उनी फरार भएका हुन्। उनका छोरा सन्दीपलाई भने प्रहरीले पक्राउ गरिसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार