Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नक्कली भुटानी शरणार्थी प्रकरणमा थप दुई जना पक्राउ


    मंगलबार, बैशाख २६ २०८०
    2.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थप दुई जना पक्राउ परेका छन् । प्रहरीले काठमाडौंका रामशरण केसी र मोरङका गोविन्द चौधरीलाई नियन्त्रणमा लिएको हो ।

    उनीहरु दुवैले बिचौलियाका रुपमा काम गरेको प्रहरीले जनाएको छ ।

    यसअघि प्रहरीले पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङ र नेकपा एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई पक्राउ गरिसकेको छ।

    एमाले सांसद समेत रहेका रायमाझी भने अहिले फरार छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार