Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची


    आइतबार, बैशाख २४ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको दोस्रो अधिवेशनको बैठक आज अपरान्ह ४ बजे बस्ने भएको हो ।

    बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन सम्बन्धी पत्र सभामुख देवराज घिमिरेले पढेर सुनाउने छन भने सभामुख घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्री पदमा नियुक्ति सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ ।

    यसैगरी सभामुखले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सांसदहरुलाई मनोनयन गर्ने तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले मुलुकी संहितासम्बन्धी नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०२८ पेश गर्ने कार्यक्रम छ ।

    साथै, अर्थमन्त्री डा.प्रकाशशरण महतले आब २०८०/८१ का लागि विनियोजित विधेयकहरु सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार