Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा नेपाल सरकारका सचिव टेकनारायण पाण्डे पक्राउ


    बुधबार, बैशाख २० २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। नक्कली भुटानी शरर्णार्थी ठगी प्रकरणमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् । उक्त प्रकरणको अनुसन्धानका क्रममा काठमाडौं प्रहरी परिसरले उनलाई केहीबेर अघि पक्राउ गरेको हो ।

    अहिले पाण्डेलाई टेकुस्थित प्रहरी परिसरमा राखिएको छ । प्रहरीले आजै उनलाई पक्राउ गर्न अदालतबाट पक्राउ पुर्जी लिएको थियो ।

    मंगलबार तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेपछि सचिव पाण्डे घर छाडेर बाहिर बसेका थिए । उनी केहीबेर अघि जडिबुटीबाट पक्राउ परेका हुन् । उनी २०७८ साल साउन २७ गतेदेखि २०७९ असोज २ गतेसम्म गृहसचिवका रूपमा कार्यरत थिए ।

    उपराष्ट्रपति कार्यालयमा आउनुअघि गत वर्ष उनी गृह मन्त्रालयको सचिव थिए । मन्त्रालयको सचिव भएकै अवस्थामा नक्कली शरणार्थी प्रकरण र गिरोहसँगको साँठगाठमा उनी मुछिएका थिए । उच्च स्रोतका अनुसार गिरोहसँग रकम लेनदेनमा उनीसमेत मुछिएका छन् ।

    हिरासतमा रहेका गिरोहका नाइकेहरू केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टंक गुरुङ र सन्देश शर्मा पोखरेलको बयानका आधारमा इन्द्रजितलाई पक्राउ गरिएको एसएसपी दानबहादुर कार्कीले जानकारी दिए । गिरोहका नाइकेहरू विरुद्ध प्रहरीले संगठित अपराधमा मुद्दा चलाउन अनुसन्धान गरिरहेको छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार